१ कार्तिक २०८३, शनिबार

शेर्पा संघ दक्षिण कोरियाको तेस्रो माहधिवेशनमा सहभागी हुन अपील

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दक्षिण कोरिया । शेर्पा संघ दक्षिण कोरियाद्वारा यहि सेप्टेम्बर २३ तारिक आयोजना गर्न लागेको तेस्रो माह अधिवेशन तथा शुभ कामना आदान प्रदान कार्यक्रमको तयारी पूरा भएको संघका अध्यक्ष शेर साङबो शेर्पाले बताएका छन् ।

‘पहिचान र सह अस्तित्व को लागि सम्पूर्ण शेर्पा समुदाय एक हौ, तेस्रो माहधिवेशन सफल पारौ’ भन्ने जस्ता नाराका साथ कोरियाको पर्व छुसकमा शेर्पा संघ दक्षिण कोरियाले तेस्रो माहधिवेशन तथा कोरियामा क्रियाशील नेपाली भाषी संघ संस्था बिच एकता समन्वया सदभाव बढाउन शुभ कामना आदान प्रदानको कार्यक्रम आयोजना गर्न लागिएको हो ।

हाल कोरियामा ७० भन्दा धेरै क्रियाशील सामाजिक संघ संस्था रहेका छन् । शेर्पा संघ कोरियाले आगामी दिनहरूमा सबै संघ संस्थासंग हाते मालो गर्दै नेपाली समाजको हक हित लगायत समाज परिवर्तमा आफ्नो साथ सहयोग गर्दै सकारत्मक भूमिका खेल्ने नीति संघले लिदै आएको छ ।

सेप्टेम्बर २३ तारिक आयोजना हुने तेस्रो माहधिवेशनमा आफ्नो कार्य व्यस्तताका बाबजुद शेर्पा संघप्रति सकारात्मक सोचका साथ आर्थिक, भौतिक , नैतिक सहयोग गर्ने महानुभावहरूलाई सम्मान गर्ने संघले जनाएको छ । माहधिवेशन २३ तारिक दिउसो ३ बजे नेपाल हाउस, सौल दोंग्म्यो स्टेशन हुने भएको छ ।

तेस्रो माहधिवेशन तथा शुभ कामना आदान प्रदान कार्यक्रम सफल बनाउन कोरियामा रहेका संघसंस्था र नेपालीहरूमा उपस्थितिको लागि अध्यक्ष शेर्पाले अनुरोध गरेका छन् ।