४ कार्तिक २०८३, बुधबार

राफायल नाडाल युएस ओपन टेनिसको सेमिफाइनलमा पराजित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, २३ भदौ । अर्जेन्टिनाका आन मार्टिन डेल पोत्रो युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । साबिक विजेता राफायल नाडाल चोटका कारण सेमिफाइनलबाटै बाहिरिन बाध्य भएपछि पोत्रो फाइनलमा प्रवेश गरेका हुन् ।

विश्व नम्बर एक स्पेनिस नाडालले दोस्रो सेटमा घुँडाको समस्याका कारण प्रतियोगिताबाट बाहिरिने निर्णय लिए । तेस्रो बरियताका पोत्रोले ७–६ ९७–३० र ६–२ को अग्रता लिएको अवस्थामा नाडालले प्रतियोगिताबाट बाहिने निर्णय गरेका हुन् ।

३२ वर्षका नाडालले प्रतियोगिता छोड्ने निर्णय गर्नु पूर्व दुईपटक मेडिकल सहयोग लिएका थिए । नाडालले भने, ‘खेलिरहन मलाई निकै कडिन भइरहेको थियो, पीडा निकै भयो र यो टेनिस खेल जस्तो नै भएन ।’

पोत्रोले ९ वर्षपछि ग्राण्डसलामको फाइलन खेल्न लागेका छन् । उनले सन् २००९ मा युएस ओपन टेनिसको उपाधि जितेका थिए । उनले फाइनलमा सर्बियाका नोभाक जोकोविच वा जापानका केई निशिकोरीसँग प्रतिस्पर्धा गर्ने छन् । एजेन्सी