२९ आश्विन २०८३, बिहिबार

क्यालिफोर्नियामा ल्होछारको रमझम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

losar-amerika5

विजय थापा

न्यूयोर्क । तमुहरुको महान पर्व ल्हु–ल्हो ल्होछारको अवसरमा अमेरिकाको रमणीय शहर सन् फ्रान्सिस्कोमा ११ औंं ल्होछार महोत्सव भब्यताको साथ सम्पन्न भएको छ ।

नर्देन क्यालिफोर्निया तमु समाजद्वारा आयोजित उक्त महोत्सवमा तामाङ सेलो, तमु तथा राई संस्कृतिका नृत्यहरु प्रस्तत गर्नुका साथै अमेरिकामा रहेका नेपाली कलाकारहरुले दर्शकलाई छमछमी नचाएका थिए । सियाटल तमु समाजकी अध्यक्ष सीता गरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायिका निसा सुनार, स्थानीय कलाकार हितमान गुरुङ, दिपक गुरुङ, मार्ली दोङ्ग, सुरज गुरुङ, रसाङ्ग लामा, आयुष्मा मल्ल, ज्योती दोङ्ग, साक्षी चालिसे, ओसिन बुढाथोकी, अनुष्मा महर्जन, संगीता गुरुङ, सफल गुरुङ, बिनिता राई, निरु राई, सरु संबा राई र मोहन गुरुङले जोडदार प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सशी गुरुङलाई अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । डा. टपराज गुरुङले सशीलाई उक्त अवार्ड प्रदान गर्नुभएको थियो । कार्यक्रममा समाजका नव आजीवन सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने
​पुर्व अध्क्षयहरु बिष्णु गुरुङ, भुपेन्द्र गुरुङ​ र​ गम गुरुङलाई प्रसंशा पत्रले सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष जस गुरुङले ल्होछारको अशिमला दिदै तमु संस्कृति पनि नेपाली संस्कृतिको अभिन्न अंग भएको बताउनुभयो । कार्यक्रम संगीता गुरुङ र नैना गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

losar-amerika2

losar-amerika1 losar-amerika2