१ कार्तिक २०८३, शनिबार

लसएञ्जलसमा तीज पर्व मनाइयो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । नेपाल अमेरिका एकता समाजले परम्परागत रूपमा मनाउँदै आएको नेपाली महिला दिदीबहिनीहरूको महान् चाँड हरितालिका तीज पर्व यो वर्ष पनि मनाएका छन् ।

गत सेप्टेम्बर १ शनिवार बेलुकी लसएन्जल्समा भव्य रूपमा सम्पन्न भएको हो । विगतका वर्षहरूमा झैँ यो वर्ष पनि साङ्गीतिक प्रस्तुतिका साथ तीजको दर खान र छमछम नाचेर तीज मनाउनको निम्ती उपस्थित सम्पूर्ण लसएन्जल्स बासी नेपाली दिदीबहिनीहरू र संस्थालाई आर्थिक सहयोग गरी सहयोग गर्ने महानुभावहरूलाई नेपाल अमेरिका एकता समाजका अध्यक्ष चन्द्र सिवाकोटीले सबैलाई स्वागत गर्दै आभार प्रकट गरेका छन् ।

स्थानीय कलाकारहरूको सक्रिय सहभागिताको साथ हरितालिका तिज कार्यक्रम भव्य रूपमा सफल भएको छ ।