१२ कार्तिक २०८३, बिहिबार

३४३ मध्ये १६६ विभूषण सुरक्षाकर्मीलाई

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विभूषण प्रदान गर्दा शीतलनिवासमा सुरक्षा अधिकारीहरूको ठूलो भिड थियो ।

सुरक्षाका लागि उनीहरू त्यहाँ पुगेका थिएनन्, विभूषण ग्रहण गर्न गएका थिए । देशलाई योगदान दिएबापत राज्यले दिएको सम्मान अर्थात् विभूषणमध्ये आधाजसो सुरक्षा अधिकारीले हात पारेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सरकारले गत वर्ष ३ सय ४५ जनालाई विभूषण दिने निर्णय गरेको थियो । त्यसमा २ जनाको नाम हटाएर सरकारले ३ सय ४३ लाई विभूषण दिएको छ ।

जसमध्ये १ सय ६६ जना सुरक्षा अधिकारी छन् । यो वर्ष मात्र होइन, हरेक वर्षजसो सरकारले प्रदान गर्ने विभूषणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूको भागमा आधाजसो सम्मान मिल्ने गरेको छ ।