१ कार्तिक २०८३, आइतबार

रोनाल्डोको छोराले गरे एकै खेलमा चार गोल (भिडियो)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । पोर्चुगिच स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले आफ्नो छोरा रोनाल्डो जूनियरको एक भिडियो सामाजिक सञ्जालमा अपलोड गरेका छन् ।

रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका रोनाल्डोसँगै उनका छोरा जूनियर रोनाल्डो पनि सामाजिक सञ्जालमा हिट छन् । रोनाल्डोले सेयर गरेको नयाँ भिडियोमा छोराले गोल गरेको देख्न सकिन्छ । युभेन्टसको अंडर-९ टिममा रोनाल्डो जूनियरले फुटबल स्किल देखाएका छन् ।

रोनाल्डोले लगातार तीन म्याचमा टीमका लागि एक गर्न पनि नसकेका बेला उनका छोराले युभेन्टसको अंडर-९ टीमबाट पहिलो खेलमा चार गोल गरे । सात नम्बर जर्सीमा खेलेका उनले दुवै हाफमा गोल गरे । जुन खेलमा उनको टीम ५-१ ले विजयी भयो ।

क्रिष्टियानो रोनाल्डोले छोराको खेलको लागि लगातार निगरानी राख्दै आएका छन् । -एजेन्सी