३ कार्तिक २०८३, मंगलबार

युएस ओपन टेनिसको अन्तिम १६ मा ठाउँ बनाए रोजरले

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, १७ भदौ । रोजर फेडेरर युएस ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् । अस्ट्रेलियाका निक किर्गिओसलाई तीन सेटको खेलमा हराउँदै स्वीस फेडेररले अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।

३७ वर्षका विश्व नम्बर दुई फेडेररले ३० औँ बरियताका किर्गिओसलाई ६–४, ६–१ र ७–५ को सेटमा पराजित गरेका हुन् । अन्तिम १६ मा फेडेररले अस्ट्रेलियाका जोन मिल्म्यानसँग प्रतिस्पर्धा गर्नेछन् ।

२० पटक ग्राण्डसलाम उपाधि जितेकार फेडेररले पाँच पटक युएस ओपनको उपाधि जितेका छन् । तर उनले सन् २००८ यता युएस ओपनको उपाधि जित्न सकेका छैनन् । एजेन्सी