काठमाडौं, १७ भदौ । सातवटा आंगिक र १ सय २४ सम्बन्धनप्राप्त क्याम्पस रहेको पूर्वाञ्चल विश्वविद्यालय पनि सम्बन्धनको व्यापारमा लागेको छ ।
७० वटा क्याम्पस काठमाडौंमै रहेको पूर्वाञ्चलले आफ्नै आंगिक क्याम्पस र फ्याकल्टी नभएको विषयमा पनि धमाधम स्वीकृति दिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
स्नातक र स्नातकोत्तर तहमा निजीलाई सम्बन्धन दिएको हो । पूर्वाञ्चलका ७४ वटा कार्यक्रममध्ये जम्मा २५ वटा मात्रै आंगिक क्याम्पसमा सञ्चालनमा छन् । आंगिक क्याम्पसमा एमबिबिएस कार्यक्रमको तयारी गर्दै छ । सरकारको पत्रपछि सम्बन्धनमा पूर्वाञ्चल पनि रोकिएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयका प्रवक्ता रितेश झा भन्छन्– अहिले नयाँ सम्बन्धनभन्दा पनि स्नातक पढाइरहेका कलेजलाई मास्टर्सका कार्यक्रम सञ्चालनको अनुमति दिने तयारी भइसकेको छ ।














प्रतिक्रिया