
काठमाडौं, १५ भदौ । नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
शुक्रबार आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा जनता बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्री र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसंजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार एन.बी.आईले जनता बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार जनता बैंक ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्स्टिच्युटबाट न्युनतम ५० लाख रुपैयाँ बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।















प्रतिक्रिया