३ कार्तिक २०८३, मंगलबार

एसिया कप छनोट : नेपाल युएईसँग पराजित, छनोट यात्रा कठिन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । एसिया कप छनोटमा नेपाल युएईसँग पराजित भएको छ ।

बिहीबार मलेसियाको एक क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएईसँग ७८ रनले पराजति भएको हो । नेपालले निर्धारित ५० ओभरमा १७६ रन मात्र बनाउन सक्यो । नेपालका लागि सुवास खकुरेलले सर्वाधिक ५० रन बनाए । उनले ९७ बलमा दुई छक्का र एक चौकाको मदतमा ५० रन बनाए । त्यस्तै मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले ६४ बलमा ४० रनको योगदान दिए । सोमपाल कामीले २७ रन बनाउँदा बसन्त रेग्मीले २५ तथा सन्दीप लामिछानेले २ रन जोडे ।

कप्तान पारस खड्का आजको खेलमा खासै चल्न सकेनन् । उनले २० बलमा मात्र १६ बनाए । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले दोहोरो अंक पनि जोड्न सकेनन् । उनी चार रनमै पेभेलियन फर्के ।

त्यस्तै आरिफ सेख र सागर पुनले समान ३-३ रन जोडे । रोहित कुमार पौडेल ९ रनमै आउट भए ।

नेपाललाई सस्तैमा समेट्न युएईका अमेद राजाले सर्वाधिक चार विकेट लिए । मोहम्मद नभिदले तीन विकेट झारे । त्यस्तै अमिर हायातले दुई तथा अस्फा अहमदले एक विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको थियो । युएईका लागि चिराग सुरीले सर्वाधिक ६५ रन जोडे भने एड्नान मुफ्तीले अविजित ५७ रनको योगदान दिए । त्यस्तै अश्फाक अहमदले ४५ र र रमिज शाहजादले ३६ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । १० ओभर बल फ्याँकेका लामिछानेले २ मेडन राख्दै २४ रन खर्चे । बसन्त रेग्मी र सोमपाल कामीले पनि समानसमान २-२ विकेट लिए ।