
काठमाडौं, १४ भदौ । बिस्फोटक ब्याट्सम्यानको रुपमा लिइने १५ वर्षीय रोहित कुमार पौडेलले युएईविरुद्ध दोहोरो अंक पनि जोड्न सकेनन् । उनी नभिवको बलमा अमेद राजाको हातबाट क्याचआउट भए । उनले १४ बलमा ९ रन बनाउँदै पेभेलियन फर्के ।
अर्का भरपर्दा ब्याट्समान दीपेन्द्रसिंह ऐरीले भने औसत प्रदर्शन गरे । उनले ६४ बलको सामना गर्दै २ चौकाको सहयोगमा ४० रन जोडे । यससँगै नेपालले आठ विकेट गुमाएको छ ।
युएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपालले ४३ ओभरको खेल सकाएको छ । जसमा नेपालले १५२ रन बनाएको छ ।















प्रतिक्रिया