१२ कार्तिक २०८३, बिहिबार

नेकपाभित्र यस कारण भयो विवाद, प्रदेश ५ मा बबण्डर

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चुलिएको छ ।

जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओपादी केन्द्र)बीच एकीकरण भइ बनेको नेकपामा तीन महिनाकै आन्तरिक कलह चुलिएको छ । कारोबार दैनिकले समाचार छापेको छ ।

केन्द्रमा सिफारिस गरिएका जिल्ला र अन्य कमिटीको नामावलीप्रति नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

खासगरी पाँच नम्बर प्रदेशमा आफ्नो समूहलाई पाखा लगाउन खोजेको भन्दै नेपाल समूहले समानान्तर कमिटी गठन गर्न सक्ने चेतावनी दिएको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षले जिल्ला र अन्य कमिटीमा एकलौटी नाम सिफारिस गरेर आफ्नो पक्षलाई पाखा लगाउन खोजेको नेपाल समूहको बुझाइ छ ।