काठमाडौं, १४ भदौ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलीबीच अविश्वास बढेको छ ।
अविश्वासकै कारण सिटौलाले आफ्नो नेतृत्वको तेस्रो धारलाई क्रियाशील बनाउने अभियान थालेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
अनपुम फुडल्यान्ड पार्टी प्यालेसमा बुधबार आफ्नो पक्षका नेता कार्यकर्तालाई सहभागी गराएर सिटौलाले यस्तो संकेत दिएका हुन् ।
जीपी कोइराला लोकतन्त्र संवर्द्धन केन्द्रद्वरा आयोजित वर्तमान राजनीतिक परिस्थिति र लोकतन्त्रमाथिका चुनौती विषयक कार्यक्रममा सिटौला पक्षीय नेता कार्यकर्ताको मात्रै उपस्थिती थियो ।
केन्द्रीय सदस्य गगन थापा प्रदीप पौडेल, शिव हमागाइँसहित आफू पक्षीय सांसद जिल्ला कार्यसमिति सभापतिसहितका नेता कार्यकर्तामाझ सिटौलाले तेस्रो समूह अब पार्टी सुधारका लागि केन्द्रित हुने उद्घोष गरे ।
सिटौला चुनावी मैदानमाा थिए । पहिलो चरणमा ५१ प्रतिशत नआएपछि दोस्रोपटक सबैभन्दा बढी मत ल्याउने उेउवा र पौडेलबीचको प्रतिस्पर्धामा सिटौलाले शेरबहादुर देउवालाई सघाए ।
तयहि समयदेखि गहिरिएको अविश्वास संसदीय निर्वाचनमा पार्टीले नराम्रो हार ब्यहोरेपछि सभापति देउवाको पार्टी सञ्चालन र भूमिकाको विरोध गर्न एउटै कित्तमा जोडिएका थिए ।















प्रतिक्रिया