१२ कार्तिक २०८३, बिहिबार

काठमाडौं महानगरपालिका भन्छ– प्रकृतिसँग कसको के लाग्छ ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । काठमाडौंको फोहोर सीधै गाडीमा राखेर ल्यान्डफिलसाइटमा खसाल्न सक्ने अवस्था नरहेको र जम्मा गरेर केही दिन राख्ने स्थान पनि नभएकाले समस्या भएको महानगरपालिकाको वातावरण विभागका प्रमुख हरि कुँवरले बताए ।

‘केही दिनयताको निरन्तर वर्षाले गर्दा बाटो हिलो भएर फोहोर रोकिएको हो । पानी पर्न छाडेपछि फोहोरको समस्या हटिहाल्छ,’ उनले भने, ‘पानी निरन्तर परिरहे कसले के गर्न सक्छ ? प्रकृतिसँग कसको के लाग्छ र ?’