१२ कार्तिक २०८३, बिहिबार

ओली–नेपालबीच खटपट, नेपाल समूहका नेताले भरियो धुम्बाराही !

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा जिल्ला नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी गरेको आरोप लगाउँदै माधव नेपाल पक्ष असन्तुष्ट बनेको छ ।

जिल्ला कमिटीहरुमा नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष ओली पक्षले एकलौटी गरेको नेपाल पक्षको आरोप छ । नागरिक दैनिकले समाचार छापेको छ ।

पार्टीभित्र आफूहरुलाई पेलेर अघि बढ्ने नीति लिइए सह्य नहुने नेपाल पक्षको चेतावनी छ । जिल्ला तहमा नेतृत्व चयन गर्दा ओली पक्षले पेलेको र स्थान नदिएको गुनासो लिएर नेपाल निकट नेताहरू काठमाडौं आउन थालेका छन् ।