१ कार्तिक २०८३, आइतबार

एशियाड : भलिबलमा नेपाल पहिलो जित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । इण्डोनेशियामा जारी १८ औं एशियाली खेलकूद अन्तर्गत मंगलबार भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ ।

इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालको एशियाड भलिबलमा यो पहिलो जित हो ।

यसअघिको समूह चरणको खेलमा नेपाल चाइनिज ताइपेई र दक्षिण कोरियासँग पराजित भएको थियो । नेपालले खेलको पहिलो सेट २८–२६ ले गुमायो । त्यसपछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले लगातार तीन सेट आफ्नो पक्षमा पार्‍यो । नेपालले दोस्रो सेट २५–१६ ले जित्यो भने तेस्रो सेट ३०–२८ तथा चौथो सेटमा २५–१९ ले आफनो पक्षमा पार्दै प्रतियोगितामा सहज जित हात पार्‍यो ।

नेपालले १३ औँ देखि १८औँ वरियताको लागि खेलेको हो । यो वरियताका लागि नेपालसँगै मङ्गोलिया, काजकस्तान र किर्गिस्तान रहेका छन् । नेपालले अब श्रीलङ्का र भियतनाममध्ये एक टोलीसँग खेल्नेछ । -रासस