काठमाडौं, १२ भदौ । गृहमन्त्रीले रामबहादुर थापा ‘बादल’ले कञ्चनपुर बलात्कार र हत्याका आरोपी पक्राउ परे भनेर दीपक नेगी र जीवन मगरको नाम लिएका थिए ।
तर, प्रमाण नपुगेर उनीहरू रिहा भएलगत्तै प्रहरीले २१ साउन बिहान ८ बजे घरबाटै चक्र बडूलाई पक्राउ ग-यो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
शव फेला परेको स्थान बडूको घरबाट करिब २ सय मिटर पर छ । प्रहरीले चक्रसँगै उनकी १५ वर्षीया बहिनी लक्ष्मी र ११ वर्षीय भाइ गौतमलाई पनि पक्राउ गरेको थियो ।
बहिनी र भाइलाई सोही दिन छाडिए पनि चक्रलाई भने ११ दिनसम्म हिरासतमा मानसिक यातना दिएर राखियो । चार दिनसम्म त उनको परिवारका कसैलाई भेट्नसमेत दिइएन । रोल्पामा प्रहरी जवानका रूपमा कार्यरत दाजु महेश आएपछि मात्रै चौथो दिन भेट गराइयो ।
‘मैले बलात्कार गरी हत्या गरेको हुँ भन्, कैद सजाय घटाउन पहल गरौँला । नभए तेरो सिंगो परिवारलाई ल्याएर जेलमा कोचिदिन्छौँ भन्दै धम्क्याए । तर, मैले बरु मलाई गोली हानेर मार्नुस्, फाँसी दिनुस्, ४० वर्ष जेलमा कोच्नुस्, तर गर्दै नगरेको अपराध कबोल गर्दिनँ भन“े,’ चक्रले नया“ पत्रिकासित भने, ‘सिआइबीबाट आएको बताउने सिभिल ड्रेसका प्रहरीले हरेक दिन राति रक्सीले मातेर धेरै नै यातना दिए ।’
यता हरेक दिन घरमा खानतलासी गर्न आउने प्रहरीले परिवारका सदस्यलाई धम्क्याउँथे । ‘छोराले बलात्कार गरेर मारेको कबोल गर, नत्र तिम्रो छोरालाई मारिदिन्छौँ भनेर हरदिन धम्क्याउँथे । म बुढोको त परान निस्किन मात्रै बाँकी थियो ।
छोराले हिरासतमा बिताएका ११ दिनका २२ छाकमा हामीले मुस्किलले ५/७ छाक खाना खायौँ होला,’ चक्रका ६६ वर्षे पिताले भने । चक्रकी भाउजू द्रौपदीका अनुसार चार दिनसम्म निरन्तर प्रहरी कार्यालय धाउँदा चक्रलाई पक्राउ नै नगरेको बताउँथे प्रहरीहरू । ‘सबैलाई सिध्याइदिन्छौँ भनेर धम्क्याउँथे,’ उनले भनिन् ।
चक्र गिरफ्तारीको सातौँ दिनसम्म पनि तत्कालीन एसपी डिल्लीराज विष्टले त्यस्तो नाम गरेको कुनै मानिसलाई गिरफ्तार नगरिएको भनी जवाफ दिने गरेका थिए । गिरफ्तारीको एघाराँै दिन ५ हजार धरौटीमा छाडियो, आरोप थियो– प्रहरीलाई गालीगलौज गरेको । प्रहरीलाई गालीगलौज गरेको आरोपमा ११ दिनसम्म थुन्ने अधिकार कुन कानुनले दिएको छ ? यसको जवाफ अब नेपाल प्रहरी र गृह प्रशासनले दिनुपर्नेछ ।















प्रतिक्रिया