
न्यूयोर्क, ११ भदौ । राष्ट्रिय आविस्कार केन्द्र निर्माणका लागि प्रवासी नेपाली मञ्च न्यूयोर्क राज्य कमिटीले एक लाख रुपैयाँ सहयोग गरेको छ । न्यूयोर्कमा आयोजित एक कार्यक्रमकाबीच सोमबार संयोजक अर्जुन सिंहले सहयोग रकम अभियान्ता महावीर पुनलाई हस्तान्तरण गरे ।
उक्त आविस्कार केन्द्र निर्माणका अभियान्ता पुन अमेरिका रहेका छन् । न्यूयोर्कस्थित मगर समाजले सोमबार पिकनिकको आयोजना गरेको थियो । सोही कार्यक्रममा संयोजक सिंहले अभियान्ता पुनलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च, न्यूयोर्कको टिमका पदाधिकारीहरु, मञ्चका केन्द्रिय पदाधिकारीहरु लगायत उपस्थित भएका थिए ।















प्रतिक्रिया