१ कार्तिक २०८३, आइतबार

सभामुखद्वारा तेक्वान्दो खेलाडीहरुलाई बिदाई

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ११ भदौ । सभामुख कृष्णबहादुर महराले ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीलाई बिदाई गरेका छन् ।

सोमबार बिहान सभामुखको सरकारी निवास वालुवाटारमा एक कार्यक्रमको आयोजना गरी नेपाल तेक्वान्दो संघका खेलाडी टोलीलाई सभामुख महराले विदाई गरेका हुन् ।

टोलीलाई अबिर माला लगाएर विदाइ गर्दै सभामुख महराले तेक्वान्दो खेलमा उच्च क्षमता प्रदर्शन गरी नेपालको नाम विश्वमा चिनाउन खेलाडीहरुलाई आग्रह गरे ।

‘तपाईंहरु नेपालको तर्फबाट तेक्वान्दो खेल्न जाँदै हुनुहुन्छ’ उनले भने, ‘उच्च क्षमता प्रदर्शन गरी खेलमा विजय हासिल गर्नुहोस्, तपाईंहरुको सफलता सिंगो देशकै सफलता हुनेछ । तपाईंहरुलाई सफलताको लागि मेरो हार्दिक शुभकामना छ ।’

खेल क्षेत्रको सफलता मिले नेपाललाई विश्वमा चिनाउन सकिने भन्दै सभामुख महराले राज्यले खेल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

विश्व तेक्वान्दो महासंघको आयोजनामा यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म दक्षिण कोरियामा हुन लागेको ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा नेपाल तेक्वान्दो संघको टोली सहभागी हुन लागेको हो । टोली सोमबार दिउँसो दक्षिण कोरिया गएको टोलीमा प्रशिक्षक, क्याप्टेनसहित २० जना सहभागी रहेका छन् ।