१२ कार्तिक २०८३, बिहिबार

असन्तुष्ट नेताको दबाबपछि समूहको बैठक

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । सिफारिसका विषयमा प्रदेश ५ मा पूर्वएमाले समूहमा बढी असन्तुष्टि छ । प्रदेशका ५ सँगै अन्य प्रदेशका असन्तुष्ट नेता–कार्यकर्ताले वरिष्ठ नेता नेपाल मात्र होइन, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेललगायतलाई भेटेर एकीकरण कार्यदलको सिफारिस सच्याउन दबाब दिँदै आएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा पूर्वएमाले काठमाडौंका सहइन्चार्ज सुरेन्द्र मानन्धरले महासचिव पौडेलसहितका नेताहरूलाई भेटेरै एकलौटी सिफारिस सच्याउन ध्यानाकर्षण गराइएको बताए । ‘महासचिवले सिफारिस जस्ताको तस्तै पारित नहुने र नेता–कार्यकर्तामाथि अन्याय हुन नदिने आश्वासन दिनुभएको छ,’ मानन्धरले भने ।

गोप्य बैठकमा नेता सुरेन्द्र पाण्डे, बेदुराम भुसाललगायत एक दर्जन सहभागी रहेको स्रोतले जनाएको छ । एक सातासम्म अस्वस्थ रहेका नेता नेपालले असन्तुष्टि बढ्दै गएपछि आइतबारबाट निकटस्थ नेता–कार्यकर्तासँग पछिल्लो अवस्थाबारे भेटघाट गरेर रिपोर्टिङ लिन सुरु गरेका छन् ।

स्थायी समिति सदस्य घनश्याम भुसाल, योगेश भट्टराईलगायत भने गोप्य बैठकमा सहभागी थिएनन् । भुसाल प्रदेश २ मा आयोजित माक्र्सवादको विमर्श कार्यक्रममा व्यस्त छन् ।