१ कार्तिक २०८३, शनिबार

केरलाका बाढीपीडितलाई एनआरएनएको सहयोग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नाइजेरिया, १० भदौ । गैर आवासिय नेपाली संघ, नाइजेरियाले छिमेकी रास्ट्र भारतको केरला राज्यमा हालै आएको बाढी पीडितलाई सहयोग गरेको छ । लेगोस स्थित केरला समाज लाई मुख्यमन्त्री राहत कोष , केरलामा जम्मा हुने गरि नाइजेरियन दुई लाख पचास हजार (पचहत्तर हजार रुपैयाँ) आइतबार लेगोसमा एक बिशेष कार्यक्रम बिच हस्तान्तरण गरेको छ ।

संघका नाइजेरिया अध्यक्ष जनक बिष्टले , एनआरएनएका अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाको उपस्थितिमा आइतबार उक्त सहयोग केरला समाज नाइजेरियाका अध्यक्ष जसलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा एनआरएनए नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर , अफ्रिका क्षेत्रीय महिला संयोजक मन थापा , सदस्यहरु आशा श्रेष्ठ सरकार र कृति अग्रवाल को समेत उपस्थिति थियो ।