३ कार्तिक २०८३, मंगलबार

निर्मला हत्याको सत्यतथ्य पत्ता लगाउन माग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा अधिकांश सांसदले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गरेका छन् ।

उनीहरुले श्रम कानूनको कार्यान्वयन, महँगी नियन्त्रण, दोहोरो कर असुलीको अन्त्य र रौतहटको लालबकैया नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका नागरिकको खोजी गर्न ध्यानाकर्षण गराए ।

शून्य समयमा लक्ष्मी परियार, नारायणकाजी गुरुङ, वसन्तकुमार नेम्वाङ, बिनाकुमारी श्रेष्ठ, बिन्दा पाण्डे, विमला विश्वकर्मा, विष्णु शर्मा, शशी श्रेष्ठ, शान्ता चौधरी, सत्यनारायण शर्मा, शान्तिमाया पाख्रिन, समिना भुजेल, सरलाकुमारी यादव, सरिताकुमारी गिरी, सीताराम महतो, सुजाता परियार, सुदन किराँती, सूर्यप्रसाद पाठक, सञ्जयकुमार गौतम, हीराबहादुर तामाङ, हीरा गुरुङ र ज्ञानेन्द्रबहादुर कार्कीले बोलेका थिए । -रासस