सिन्धुपाल्चोक, १० भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अध्यक्ष सहितका स्थानीय तहका पादाधिकारीले बजेट दुरुपयोग गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएका छन् ।
अध्यक्ष होमनारायण श्रेष्ठलगायतका जनप्रतिनिधिले सडक निर्माणमा फर्जी कागजात मिलाएर भ्रष्टाचार गरेको आरोप लगाउँदै स्थानीयले आयोगमा निवेदन दिएका हुन् । कारोबार दैनिकले समाचार छापेको छ । १४४२ नम्बरमा दर्ता भएको उजुरीमा स्थानीयले हस्ताक्षर गरेका छन् ।
श्रेष्ठ गाउँपालिकाको छाता संगठन गाउँपालिका राष्ट्रिय महासंघ नेपाल (नारमिन) नामक गैरसरकारी संस्था ९एनजिओ०का समेत अध्यक्ष हुन् ।















प्रतिक्रिया