१२ कार्तिक २०८३, बिहिबार

कुन समूह के गर्दै छन् ?

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । विप्लव नेतृत्वको नेकपाले भ्रष्टाचारीमाथि जनकारबाही गर्ने भन्दै देशका विभिन्न ठाउँमा गतिविधि गर्दै आएको छ ।

एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा लिएको नेकपाले आफ्ना गतिविधि कतिपय स्थानमा खुला र कतिपय स्थानमा भूमिगत शैलीमा सञ्चालन गर्दै आएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

भूमिगत राजनीतिको घोषणा नगरे पनि नेकपाले त्यस्तै शैलीमा राजनीतिक गतिविधि गर्दै आएको छ ।

चन्दा संकलन गरेको आरोपमा काठमाडौंबाट पक्राउ परेका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई सर्वोच्च अदालतले रिहा गर्न दुईपटक आदेश दिइसके पनि अदालत परिसरबाटै फरक अभियोगमा पुनः पक्राउ गरेर हिरासतमा राखेको छ ।

देशका विभिन्न भागबाट नेकपाका दर्जनौँ नेता–कार्यकर्तालाई विभिन्न अभियोगमा प्रहरीले पक्राउ गर्दै आएको छ ।

तराईमा सिके राउत र जयकृष्ण गोइत समूहले भने सशस्त्र भूमिगत गतिविधि गर्दै आए पनि अहिले ती समूहका गतिविधि सक्रिय देखिएका छैनन् । मधेसलाई अलग गर्नुपर्ने भन्दै अभियान चलाउँदै आएका राउत पटक–पटक पक्राउ परेर रिहा भइसकेका छन् ।

तराईकै चारवटा साना सशस्त्र समूह भने ०७१ मा संवैधानिक तथा राजनीतिक संवाद समितिसँग वार्तामार्फत चारबुँदे सहमति गरेर शान्तिपूर्ण गतिविधिमा सहभागी भएका थिए ।