२१ कार्तिक २०८३, शनिबार

हस्तलेखन प्रतियोगिताका विजेताहरु नगदसहित सम्मानित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ९ भदौ । बाल बिकास एन.सि.मासले २०७४ सालमा राष्ट्रव्यापी रुपमा भएको हस्तलेखन प्रतियोगितमा भाग लिएका विजेताहरुलाई शनिबार नगदसहित सम्मान गरेको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा एक समारोहकाबीच नेपालकै सबैभन्दा ठूलो धनराशी भएको अक्षरलेखन प्रतियोगिताका विजयीहरुलाई आज नगदसहित आयोजकले सम्मान गरेको हो । प्रतियोगिता सिनियर र जुनियर गरी दुई तहमा सम्पन्न भएको थियो ।

जुनियरतर्फ काठमाडौंको कपनस्थित् प्रिन्सटन एकेडेमीकी छात्रा सिम्रन थिंङले प्रथम स्थान हाँसिल गर्दै नगद २० हजार हात पारिन् । त्यस्तै, काठमाडौंको ग्लेनबड्स स्कुलकी शाक्षिका मिश्रले दोस्रो स्थान हाँसिल गर्दै नगद १० हजार प्राप्त गरिन् । र, प्रोलिफिक उमावि स्कुलका रिवाज भण्डारीले तेस्रो स्थान हाँसिल गर्दै नगद ३ हजार प्राप्त गरेका छन् ।

त्यस्तै सिनियरतर्फ तनहुँको शतिश बोर्डिङ स्कुलकी छात्रा कञ्चन अधिकारीले प्रथम स्थान हाँसिल गरेकी थिईन् । उनलाई नगद १५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । सिनियतर्फ काठमाडौं नयाँ बजारमा रहेको दिपशिखा उमाविकी छात्रा विमला पौडेलले दोस्रो स्थान हाँसिल गर्दै नगद ७ हजार प्राप्त गरेकी छिन् । त्यस्तै, तनहुँको शतिश बोर्डिङ स्कुलकै छात्रा समिक्षा परियारले तेस्रो स्थान हाँसिल गर्दै नगद ३ हजार प्राप्त गरेकी छिन् ।

संस्थाक अध्यक्ष नेपालले आफूहरुले विगत डेढ दशकदेखि यस्तो प्रतियोगिता आयोजना गर्दै आएको जनाए ।