
न्यूयोर्क । अमेरिकामा नेपालीले स्थापना गरेको पहिलो बैंकिङ कारोबार गर्ने संस्था एभरेष्ट फेडरल क्रेडिट युनियनले सञ्चालन अनुमति पाएको छ । अमेरिकी केन्द्रिय सरकार अन्तर्गत नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसनले बैंकिङ कारोवार संचालनको अनुमति दिएको हो ।
यासँगै अमेरिकन एक्सप्रेस, डिस्कभरी, भिसा कार्ड, मास्टर कार्ड जस्तै नेपालीले पनि अब आफ्नै क्रेडिट कार्ड प्रयोग गर्न पाउने भएका छन् ।
बैंकमा खाता खोल्ने प्रत्येक नेपाली नाफाका साझेदार हुने भएकाले पनि अब अमेरिकामा नेपालीले कामदार होइन मालिकको रुपमा आत्मसम्मानको महसुस गर्ने सरोकारवालाको भनाई छ ।
एभरेष्ट फेडरल क्रेडिट यूनियनमा १ सय ९१ चार्टर सदस्य रहेका छन् । यसलाई न्युयोर्कबाट शुरु गरी नेपालीको बाक्लो बस्ती रहेको क्यालिफोर्निया, डीसी, फ्लोरिडा, टेक्ससलगायतका स्थानमा विस्तार गर्ने योजना रहेको छ ।















प्रतिक्रिया