
सुर्खेत, ९ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मानव समाजको सुन्दर र सभ्य परिचय दिन सरसफाइ अपरिहार्य भएको बताएका छन् ।
नेपाल मानव धर्म सेवा समिति सुर्खेतद्वारा शनिबार सुर्खेतमा आयोजित ‘नगर सरसफाई’ कार्यक्रमको उद्घाटन गर्दै उनले सरसफाइबाट स्वस्थ्य, स्वच्छ, सुन्दर र सभ्य समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री शाहीले ‘जहाँ सरसफाई छ, त्यहाँ मानव आकर्षण बढ्छ, जसको फाइदा सम्बन्धित क्षेत्र, स्थान र समाजले नै लिन्छ,’ भन्दै सुन्दर, शान्त र आदर्श समाज निर्माणमा साथ दिन सबैलाई आग्रह गरे ।
‘सपार्ने र बिगार्ने दुवै काम हामीमा निहित छ, त्यसैले आउनोस् सुन्दर वीरेन्द्रनगरसहित समृद्ध कर्णाली प्रदेश निर्माणका लागि सबै जुटौँ, रुख रोपौँ, फूल रोपौँ र चेतनामा परिवर्तन गरौँ,’ उनले भने । -रासस












प्रतिक्रिया