३० आश्विन २०८३, शुक्रबार

मृत्युदण्ड कानूनी व्यवस्था उचित हो कि होइन ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोमल पौडेल

समाजमा खराब आचारण भएका मानिस बढी भएमा मानिस सधै जोखिममा बाच्नु पर्ने र अकालमै मृत्युवरण गर्नुपर्ने हुन्छ । अपराध धेरै प्रकारका हुन्छन् । अपराधले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समाजलाई दुःख दिइरहेको हुन्छ । अपराधीले सधै कमजोर पक्षमाथी अपराध गर्ने भएकोले समाजमा महिलामाथी हुने अपराध बढी देखिन्छन् ।
हाल निकै गम्भि रुपमा देखा परेको महिला हिम्सा त्यसमा पनि बलत्कारका घटना दिन दिनै बढिरहेका छन् ।

मानिसका आफ्ना जैबिक आवश्यकताहरू आफैले बैध रुपमा पुरा गर्न नसक्नु त्यो मानिसको मानसिक कमजोरी हो । भोक लायो भने खाना लुट्न जाने, पैसाचाइएमा घर फोर्न जाने, घर चाएमा कसैको घर् पसेर जबरजस्ती बस्ने ट्वाइलेट आयो बाटाहरुमा बस्ने । यो पनि एउटा जैबिक आवश्यकता हो । आफ्नो जैबिक आवश्यकता पूरा गर्ने आफ्ना तरिका हुन्छन त्यो ब्यब्स्था गर्न नसक्ने अनि अपराध गर्दै हिड्ने मानिस मानसिक बिरामी हुन ।

रुपा मात्र मान्छेको भएका मानिसले समाजलाई असुरक्षित बनाउने हुँदा त्यस्ता बिशेषता भएका मानिसलाई पहिचान गरी समयमा उचित शिक्षा दिनु, कानूनी कारबाहीबारे जानकारी दिनुपर्ने हुन्छ । यो जघन्य अपराध गर्नेलाई जती घृणा गरे पनि पुग्दैन । आफ्ना अङ्गलाई नियन्त्रण गर्न नसक्नेहरू जनावरको गुणा नसकिएका रुपमा मात्र मानिसको भएका जन्तु हुन । यी जन्तुलाई फासी दिन उचितहुन्छ त ?

अपराधीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समाजलाई सताइरहेको हुन्छन । कुनै देशमा भ्रष्टचारीलाई फासी दिने व्यवस्था छ । कुनै अफ्रिकन देशमा समलिङ्गीलाई फासी दिने व्यवस्था छ । भारतले बलत्कारका घटना जताततै बढेपछि बलत्कारीलाई मृत्युदण्ड दिने कानून संशोधन गरेको छ । यी हिंस्रकहरूको अपराध नियन्त्रण गर्न कुन कानून उपयुक्त हुन्छ ? फासी नै अन्तिम समाधान हुन सक्छ किसक्दैन फासीले फसाउने अर्को समाजिक समस्या ल्याउने निश्चित छ ।

नेपालको बलत्कारका घटना को तथ्यङ्क देख्यो भने डर लाग्दो निकै भयावह अवस्था छ । दैनिक ३ जना बलत्कार हुनु भनेको डर लाग्दो चुनौती र गम्भिर सामाजिक समस्या हो । यो सिङ्गो देशको बेइज्जतको कुरा हो । जसले नारीलाई अपमान गरेको र अपराधिक मनोबृती भएका मानिस बढी भएको, समाज अति असुरक्षित ख समाज पुष्टि गर्दछ । यो चुनौतीपूर्ण सामाजिक समस्याको समाधान फासी दिने कानूनी व्यवस्था संशोधन गरेर सम्भव होला ? यस्ता जघन्य अपराधमा सम्लग्न हुने अपराधी कतिलाई थाह छ कानून कस्तो छ भन्ने ? कस्ता मानिस यी अपराधमा सम्लग्न छन् ? समाजको कमजोरी के हो यी अपराध बढ्नुमा र सरकारको दायित्व के हो यसको समाधानमा ।

शिक्षा नपाएको, ज्ञान हासिल गर्ने अवसर नपाएको मानिस र राम्रोसङ्ग सामाजिकरणा नभएको मानिस पशु जस्तै हो । उसले पाश्विक गतिबिधी गरी समाजलाई सधै जोखिममा पादर्छ । यो कहाँली लाग्दो नानीहरु, दिदी बहिनीहरू आमाहरूका लागि नर्क जस्तो समाज बनाउने यी जन्तुहरूलाई जती सजाय दिए पनि पुग्दैन तर मृत्युदण्ड दिदा त्यो सजाय भएन सजाय ज्युदोलाई दिनुपर्छ मरेपछि त सकियो ।

जहाँ इमान्दारिता हुँदैन, मानवता हुँदैन, पापको डर हुँदैन, सत्यतामाथी विश्वास गर्नेको कमी हुन्छ र अनुसन्धान गर्न गम्भिरतापूर्वकलाग्ने प्रणालीको विकास भएको हुँदैन त्यो समाज मा फासीले फसाउने सम्भावना प्रवल हुन्छ । सर्वस्व हरण गरी कैद गर्ने र कैद गर्दाशारीरिक परिश्रम गर्नु पर्ने ब्यब्स्था गर्न उचित हुन्छ । पीडितलाई पूर्ण रुपमा पुनर्स्थापनाको निम्ति सरकारले जिम्मा लिनुपर्ने हुन्छ । झापादेखि कंचनपुरसम्म जताततै यस्तै घटना घटिरहेकाछन् । भरखरै निर्मला पन्तको बलत्कारपछि हत्या भएको घटनाले घाउहरूमा नुन चुक थपेको छ ।

यस्तो गम्भिर अपराधको अपराधी पत्ता लगाएर कारवाही गर्ने भन्दै निस्केको जुलुसमा गोली चलेको छ यो सह्य हुँदैन । गोली चलाएर नियत्रण गर्नु पर्ने जनतासङ्ग के हातियार थिए । सुरक्षा निकायको यो चरम लापर्वाहीले सरकार्, प्रजातन्त्र, शान्ति र मानवतालाई ठुलो चुनौती दिएको छ । सुरक्षा निकायको काम सुरक्षा दिने हो । निर्दोषमाथी गोली पड्काउने होइन । जसले आफ्नो पदको दुरुपयोग गरेको छ उसलाई तुरुन्त कारवीही गर्न सरकारले तत्पर्ता देखाओस । मृतक पुजाको हत्यारा पत्ता लगाउन कुनै कसुर बाँकी नराखोस् ।

महिलाहरुका निम्ती नर्क बनाइएको यो समाजमा तिम्रा सपना अधुरै भए निर्मला पन्त ! तिम्रो आत्मले शान्ति पाओस । न्यायको निम्ति आवाज उठाउदै गर्दा ज्यान गुमाउन पुगेका शनि खुनाको आत्मले शान्ति पाओस । निर्मला र शनिको सम्पूर्ण परिवारजन, आफन्तजन, साथीहरू, मानवतावादी, मानव अधिकारवादीप्रति गहिरो समवेदना छ।

हेल्सिन्की फिन्ल्याण्ड