काठमाडौं, ९ भदौ । इन्डोनेसियामा भइरहेको १८ औँ एसियाली खेलकुद प्रतियोगिता एसियाडमा नेपालले लज्जास्पद प्रदर्शन गरेको छ ।
एसियाडको म्याराथनमा सहभागी नेपाली धावकले दूरी नै पूरा गर्न सकेनन् । शनिबार बिहान सम्पन्न भएको म्याराथनमा नेपालका दुई धावक सहभागी थिए ।
उनीहरूले दूरी पूरा गर्न सकेनन् । नेपालका धावक कृष्णबहादुर बस्नेत र गोपीचन्द्र पार्की सहभागी थिए । बस्नेत र पार्की दुवैले म्याराथन पूरा गर्न सकेनन् ।
यो स्पर्धामा जापानका हिरोतो इनोयईले स्वर्ण पदक जिते । बहराइनका एलहसन एलाबासीले रजत तथा चीनका बुजेई डुओले कास्य पदक जितेका छन् । हिरोतोले निर्धारित दूरी २ घण्टा २२ मिनेट १८ सेकेण्डमा पूरा गरेका हुन् ।
कुल २१ धावकले भाग लिएको म्याराथनमा नेपालका दुईसहित ६ धावकले दूरी पूरा गर्न सकेनन् । एसियाडमा एथ्लेटिक्स अन्तर्गत शनिबार नेपालका याम साजन सुनारले पुरुष १०० मिटर दौडमा प्रतिस्पर्धा गर्दैछन् ।















प्रतिक्रिया