२१ कार्तिक २०८३, शनिबार

प्रध्यापक र शिक्षकहरूको भक्तपुरमा शाखा गठन

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकटको विश्वविद्यालय प्राध्यापक तथा विद्यालय शिक्षक एसोशिएसन भक्तपुर शाखा गठन भएको छ ।

श्रीकृष्ण केसीको अध्यक्षतामा गठित जिल्ला समितिको उपाध्यक्षमा मुनाकिरण डाँगी, सचिवमा नन्दु उप्रेती, सहसचिवमा निश्चल ढुंगेल, एल के दाहाल र कोषध्यक्षमा डा गेम गुरुङ निर्वाचित भएका छन् ।

१५ सदस्यीय समितिमा अनुप थापा, जीवनाथ निरौला, रामकृष्ण तामाङ्, नवराज घिमिरे, राममणि न्यौपाने, खगेन्द्र बराइली, जयन्तराज कार्की, दीपक तामाङ् र विनोद कापल्ले रहेका छन् ।

कमिटीको सल्लाहकार समितिमा डा. कल्पना लुइटेल, शंकर पौडेल, विनोद बराल, डा.नारायण गैरे, होमनाथ ढकाल, ईन्दिरा ढकाल रहेका छन् ।

उस्टानका केन्द्रीय उपाध्यक्ष कविता लुइटेलको अध्यक्षतामा सम्पन्न उक्त भेलामा नेकपाका नेताहरु सोम मिश्र, प्रेमल खनाल, निर्मल भट्टराई, लेखनाथ गुरागाइँ, बचन देउजा लगायतले शुभकामना व्यक्त गरेका थिए ।