२१ कार्तिक २०८३, शनिबार

वन्यजन्तुको आखेटोपहारसहित दुई जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले वन्यजन्तुको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ ।

व्यूरोले काठमाडौं, टोखा नगरपालिका–१० सामाखुशी चोकबाट आखेटोपहारसहित पक्राउ परेका उनीहरुलाई आज सार्वजनिक गरेको हो । कस्तुरीको बिना एक थानसहित काठमाडौं तारकेश्वर नगरपालिका–१ का विजय लामा तथा नुवाकोट शिवपुरी गाँउपालिका–६ का सन्तोषकुमार तामाङलाई ब्यूरोले बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

लामा रेडपाण्डाको छालासहित पक्राउ परी केही समयअघि मात्र जिल्ला अदालत काठमाडौँबाट रु पाँच लाख धरौटीमा छुटेका व्यक्ति रहेको ब्यूरोका प्रवक्ता प्रहरी नायब उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो । पक्राउ परेका दुवैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार मुद्दा चलाइने ब्युरोले जनाएको छ । –रासस