काठमाडौं, ४ माघ । वैदेशिक रोजगार विभागमा दर्तै नभएको एक म्यानपावर एजेन्सीले आकर्षक लतवको प्रलोभन देखाई सयभन्दा बढी व्यक्तिसँग करोडौँ रुपैया ठगेको छ।
मरिसस, फ्रान्स, अमेरिका र क्यानडा पठाउने भन्दै जनही ३० हजारदेखि २ लाख रुपैयासम्म् असुलेर ‘मकालु ह्युमन रिसोर्स’ नामक नक्क्ली म्यानपावर बन्द भएको हो।
भिसा प्रोसेसिङका लागि भन्दै उसले १ करोडभन्दा बढी असुलेको थियो।
एजेन्सी सञ्चालक काभ्रेका जयराम मगर कार्यालय बन्द गरेर सम्पर्कबिहीन भएको समाचार कारोबार दैनिकले छापेको छ ।
‘एक सातादेखि कार्यालय बन्द भयो, सञ्चालक कर्मचारी कोही आउँदैनन्’ ठगिएका नुवाकोटका दीपक कँडेल भन्छन्‘कार्यालय खुल्छ कि भनेर हामी ३०/४०जना साथी सधैजसो पुग्छौँ तर अत्तोपत्तो छैन।















प्रतिक्रिया