काठमाडौं, ४ माघ । नेपालबाट हरेक वर्ष करिब ६ हजार नर्स उत्पादन भएपनि अवसर कम छन्।
निजी अस्पतालले न्यून पारिश्रमिकमा काम लगाउन थालेपछि अधिकांश नर्स विदेश जान थालेका छन्।
नेपाल नर्सिङ परिषदको ०६९देखि गत वर्ष चैतसम्मको तथ्याङ्कअनुसार ४,७४३ नर्स विदेशिएका छन्।
परिषदको अनुमति नलिई जानेको संख्या पनि उत्तिकै रहेको परिषदकी रजिष्ट्रार लक्ष्मी राईले बताएको समाचार कारोबार दैनिकले छापेको छ ।
विदेशमा सोचेभन्दा धेरै कमाउने अवसर भएका कारण अहिले नर्सिङ पढ्नेहरुको आकर्षण पनि बढेको छ।
नेपालमा नर्सिङ अध्ययन गरेका विद्यार्थीले युरोप, अमेरिका र एशियाली मुलुकमा रोजगारी पाउन सजिलो भएकाले यसतर्फ आकर्षण बढेको हो।















प्रतिक्रिया