काठमाडौं, ७ भदौ । सरकारले कुनै पनि सूचना संकलनकर्तालाई सातवटा पूर्वसर्त पूरा गरेपछि मात्र सूचना उपलब्ध गराउने भएको छ ।
प्रतिनिधिसभामा दर्ता वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मा सातवटा पूर्वसर्त पूरा नगरिकन कसैले पनि सरकारी नियकायाट सूचना प्राप्त गर्न नसक्ने व्यवस्था छ । नागरिक दैनिकले समाचार छापेको छ ।
विधेयकमा सूचना संकलन गर्ने समय, सूचनाको विषयवस्तु, प्रकृति, सूचना माग्नुको उदेश्य, सूचना परीक्षण विधि र प्रक्रिया, संकलित सूचना गोप्य राख्ने सुनिश्चितता र सुरक्षाका विषयमा सूचना माग गर्नेले पहिलो नै खुलाउनुपर्ने पूर्वसर्त राखिएको छ ।















प्रतिक्रिया