स–एनएन (न्युयोर्क), ४ माघ । घटो पेट्रोलियम पदार्थको मूल्यले विकासशील मुलुकलाई राहत पुगेपनि एकजना तेल उत्पादकको सम्पत्ति ६ महिनामै आधा घटेको छ ।
तेल चुम्बक भनेर चिनिने हारोल्ड हामले घट्दो इन्धनको मूल्यबाट ठूलै धक्का खानुपर्यो ।
उनको कन्टिनेन्टल रिसोर्सेस इन्क भन्ने कम्पनीको मूल्य गत वर्षको जुनमा १८ दशमलव ५ अर्ब डलर थियो ।
जुन यस वर्ष जनवरीमा आएर ९ दशमलव ३ अर्ब डलरमा झरेको छ ।
अमेरिकामा सेल तेलको सुरुवात गर्ने व्यक्तिका रूपमा समेत चिनिने उनी फोर्ब्सको सूचीअनुसार ४८ औं धनी व्यक्ति हुन् ।
सम्पत्ति घटेर पनि उनी विश्वकै १३२ औं धनी व्यक्ति पनि हुन् ।
उनी यस वर्ष श्रीमतीसँग पनि अलग्गिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
उनले पूर्वपत्नी सुई एन अर्ननलसँगको पारपाचुके पनि एक अर्ब डलर रकम दिनुपर्ने अदालतले फैसला गरेको थियो ।
जुन अमेरिकी अखबारहरूमा ठूलो समाचारसमेत बनेको थियो ।
अन्त्यमा ९७ करोड ५० लाख डलर तिरेर उनले पारपाचुके गरेका थिए ।
सम्पत्ति घटे पनि कम्पनीमा हामको ६८ प्रतिशत सेयर छ ।















प्रतिक्रिया