
कावासोती (नवलपुर), ६ भदौ । कावासोती नगरपालिकाले गत वर्षलाई सिकाईको बर्षको रुपमा दिदै यस बर्षलाई कार्यन्वयनको वर्षको रुपमा लिने बताएको छ ।
कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले गत बर्ष नगर कार्यपालिकाका पदाधिकारी देखि वडा अध्यक्षसम्म नयाँ व्याक्तिहरु निर्वाचित भएकाले समेत काम गर्ने प्रक्रिया सिकाईको अवस्थामा रहेको बताए ।
उनले गत वर्ष सिकाइको वर्ष भएकोले नगरवासीले चाहे अनुरुपको विकास निर्माणको काम पुरा गर्न नसकिएको बताउदै शुरुकै बर्षमा भएपनि महत्वपूर्ण कार्य सम्पादन गरिएको बताए । गत बर्ष सबै जनप्रतिनिधि सिकाईकै अवस्थामा रहेको, केही प्रदेश र केन्द्रको कानुन निर्माणले गर्दा समेत नगरवासीको भावना अनुरुप कार्य गर्न नसकिएको उनले बताए ।
उपप्रमुख मर्दनियाले गत बर्ष सिकाइको वर्षमा कावासोती नगरपालिकाले गत वर्षमा गरेका विकासका कामहरुको बारेमा जानकारी गराएका छन् । कावासोती नगरपालिकाले भवन तथा विकास निर्माण सम्बन्धी कामको अनुगमन गरिएको र सम्झौता अनुरुपको कार्य गर्न उपभोक्ताहरु तथा ठेगदारलाई कडाई गरिएको बताए ।
ठूला पुर्वाधारका योजना निर्माण :
गत बर्ष ४० भन्दा बढी रहेको ठूला पूर्वाधारका योजनाहरु सुरुवात गरिएको ठूला योजना अन्र्तगत १७ बटै वडा कार्यालय छुने रिङ्गरोड, बसपार्क, भ्यूटावर र पोखरी ताल निर्माणलाई ठूला योजनाको थालनीको रुपमा लिएको छ ।
साथै नगरपालिकाले एनसेटसँग सहकार्य गरी भवन नक्सा प्रणाली व्यवस्थित गरिएको, व्यवसाय कर संकलन अभियान चलाइएको, डिजिटल सूचनापाटी सञ्चालन, नगर विपन्न आवास कार्यक्रम अन्तरगत मुसहर बस्तीमा १० ओटा घर निर्माण गरी हस्तान्तरण, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणको काम, १७ वटै वडामा पुगेर ज्येष्ठ नागरिक परिचयपत्र वितरण लगायतका काम गत वर्षको मुख्य कार्यको रुपमा लिएको छ ।
वैशाखमा सम्पन्न गर्ने गरी नीति तथा कार्यक्रम बजेट कार्यान्वयन कार्ययोजना तयार भएको, मुसहर छात्रवृति, भवन निर्माण आचारसंहिता सम्बन्धी, कर प्रणाली व्यवस्थितत गर्न, फोहोर मैला व्यवस्थापनका लागि ठोस प्रयास, हाटबजारलाई व्यवस्थित, घटना दर्ता जन्म, मृत्यू, बसाईसराई आदिमा ३५ दिनसम्म निःशुल्क, अपाङ्गहरुलाई निःशुल्क सिफारिस, सहकारी कार्यालयहरु स्थापनाका लागि जग्गा व्यवस्थापनको कार्य ठोस रुपमा अगाडि बढाइएको लयातका कार्यहरु गएको आर्थिक वर्षमा कार्यन्वयन गर्नेमा जोड दिइएको जानकारी गराए ।












प्रतिक्रिया