२१ कार्तिक २०८३, शनिबार

अव्यवस्थित र कुरुप बन्दै सल्लीबजार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

सल्यान, ६ भदौ । सल्यानको पश्चिम क्षेत्रमा रहेको व्यापारिक केन्द्र सल्लीबजार पछिल्लो समयमा अव्यवस्थित तथा कुरुप बन्दै गएको छ । बनगाडकुपिण्डे नगरपालिकाको सदरमुकाममा रहेको सल्लीबजार हाल आएर अव्यवस्थित बन्दै गएको हो । स्थानीयले बजार अतिक्रमण गरेर सडकमै दाउरा र बाख्रा छाडा छोड्न थालेपछि सडक साँघुरो हुँदै गएको छ ।

यसरी सडक साँघुरो हुँदै जाँदा देशका विभिन्न स्थानबाट आवत–जावत गर्ने सवारीसाधनलाई समेत प्रत्यक्ष असर परेको छ । यस्तै व्यापारीले समेत सडकमै पसल थापेर सरसामान फिजाएर व्यापार गरिरहेकाले पनि बजारको सुन्दरता हराउँदै गएको स्थानीयको गुनासो रहेको छ ।

पश्चिम क्षेत्रको ठूलो व्यापरिक केन्द्र मानिने यस बजारमा दैनिकजसो नगर प्रमुख, उपप्रमुख, प्रहरी प्रशासनका प्रमुख तथा स्थानीय जनप्रतिनिधिहरु बजारमा गर्ने तर अहिले सम्म यसतर्फ ध्यान जान नसक्दा अहिले बजार कुरुप बन्दै गएको स्थानीयले बताए ।

सडक अतिक्रणका कारणले आवज जावत लगायत हरेक समस्या आइपरेको र दुर्घटनाका घटना बढिरहेको स्थानीयको भनाई छ । यसतर्फ नगरपालिकाले समेत ठोस योजना ल्याई कार्यान्वयन गर्न नसकेको उनीहरुको गुनासो छ ।

सामान्य व्यवहारिक कुरा नहेरी यातायातका साधनलाई दण्तित गर्ने ट्राफिक समेत बिहान देखि बेलुकासम्म यहि बजारमा घुमफिर भैरहेको देखिन्छ । १५ मिटरको सडकलाई अतिक्रमण गरि ६ मिटरमा सीमित पार्दा समेत सबै निकाय मुखदर्शक बनेका छन् ।

छिन्चु–जाजरकोट सडक खण्डमा सवारी चलाउने चालकदेखि सहयोगी र यात्रुसम्मले यो बजारको नाम दाउरे र बाख्रेबजार राखेका छन् । बाख्रादेखि दाउरा समेत सडकमै राखेर सडक साँघुरो पारेकोले आवत जावतमा कठिनाई हुने गरेको छ ।