२१ कार्तिक २०८३, शनिबार

सिरहा र सप्तरीमा लागूऔषधसहित चार पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, ६ भदौ । प्रतिबन्धित लागूऔषधसहित प्रहरीले सिरहा र सप्तरीको विभिन्न स्थानबाट मङ्गलबार साँझ चार जनालाई पक्राउ गरेको छ ।

डेढ किलो गाँजासहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ का ५० वर्षीय कुलदेव चौधरीलाई पक्राउ गरिएको हो । यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका–३ कडोरवोना चोकबाट प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–९ का २२ वर्षीय नवराज खत्रीलाई पक्राउ गरेको छ ।

खत्रीको साथबाट लागूऔषध ५२ एम्पुल फेनारगन, ५३ एम्पुल लुपिजेसिक, ५२ एम्पुल डाइजेपाम र एक थान सिरिन्ज बरामद गरेको प्रहरीले जनाएको छ । सोही ठाउँका निरञ्जन कार्की र नारायण चौधरीलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।