१२ कार्तिक २०८३, बिहिबार

‘अब सिलिन्डर युगको अन्त्य निश्चित’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । प्रधानमन्त्री केपी ओलीले विराटनगरमा बायोग्यास (गोबरग्यास) परियोजना उद्घाटन गरेका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले १४ महिनाअघि सुरु गरेको परियोजनाबाट ३२ घरमा ग्यास पुग्छ ।

विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा केन्द्र र विराटनगर महानगरपालिकाको सहयोगमा करिब १ करोड लगानीमा श्रीकृष्ण गौशालामा प्लान्ट स्थापना गरिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

गौशालामा पालिएका गाईहरूको दैनिक संकलन गरिएको गोबर ३ सय घनमिटरको प्लान्टमा हालेर मिथेन ग्यास उत्पादन गरी ट्यांकीमा स्टोर गरेर पाइपलाइनबाट घरघरमा पु(याइएको छ ।

मञ्चमा टेबुलमाथि राखिएको चुलोमा खिटिक्क स्विच अन गरेर परियोजना उद्घाटन गरेपछि प्रधानमन्त्रीले भने, ‘मैले भनेको थिएँ, काँधमा सिलिन्डरका डल्ला बोकेर हिँड्ने युग अन्त्य हुनेछ । ३२ घरले आजैदेखि डल्ला फ्याँके, अब अरूले पनि फ्याँक्छन् ।’

तर, प्रधानमन्त्रीले दाबी गरेजस्तै गोबरग्यास प्रविधि नेपालमा नौलो होइन । मुलुकभर अहिलेसम्म चार लाख २० हजार परिवारले गोबरग्यास प्लान्ट जोडिसकेका छन् ।

अझ मुलुकमा बायोग्यासको सुरुवात भएको ६३ वर्ष र परियोजनाकै रूपमा गोबरग्यास प्रवद्र्धनको ३ दशकभन्दा बढी भइसकेको छ ।