१२ कार्तिक २०८३, बिहिबार

यातायात साधनको प्रदूषण नाप्ने करोडौँका उपकरण उपयोगविहीन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । राजधानीलगायत देशका मुख्य सहरमा दुई वर्षअघि प्रदूषण मापन गर्ने उपकरण जडान गरियो । तर, अहिले ती उपकरण प्रयोगविहीन भएका छन् ।

कुनै उपकरणले सही तथ्यांक दिँदैनन् त कुनैको ब्याट्री नै चोरी भएर बन्द अवस्थामा छन् । केही उपकरणले सही तथ्यांक दिए पनि विश्लेषण गरेर प्रदूषण घटाउने प्रयास भएको छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

अहिलेसम्म दशभर गरी जम्मा १५ वटा प्रदूषण मापन उपकरण जडान गरिएका छन् । जब कि एउटै उपकरणको एक करोडभन्दा बढी मूल्य पर्छ ।

कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा प्रदूषण मापन उपकरण स्थापना गरिएको थियो । रेखदेख र हेरचाह गर्ने जिम्मा भौतिकशास्त्र विभागलाई थियो ।

तर, उपकरणको ब्याट्री चोरले टप्काएपछि एक वर्षदेखि प्रदूषण मापन हुन सकेको छैन । फेरि ब्याट्री राख्ने तयारीमा रहेको वातावरण विभागकी प्रवक्ता सफलता श्रेष्ठले बताइन् ।

दाङ, लुम्बिनी, नेपालगन्ज र सुनसरीको झुम्कामा जडान गरिएका उपकरणले भने तथ्यांक नै दिँदैनन् । तथ्यांक नदिने अवस्थामा पुगेका उपकरण कतिपय त जडान भएको एक वर्ष मात्रै भएको छ । कतिपय उपकरणले प्रदूषण मापन नै गर्न नसक्नुमा केन्द्रीय सर्भरसँग जडान नगरिनु कारण रहेको विभागको तर्क छ ।

हाल उपत्यकामा रत्नपार्क, शंखपार्क, पुल्चोक, भैँसेपाटी आवास क्षेत्र, कीर्तिपुर, भक्तपुर आर्मी स्कुलमा यस्तो उपकरण राखिएको छ । काभ्रेको धुलिखेल, कास्कीमा पोखरा विश्वविद्यालयनजिक र गण्डकी बोर्डिङ स्कुलमा राखिएको छ ।

यस्तै लुम्बिनी, सौराहा, नेपालगन्ज, दाङ, सुनसरीको झुम्कामा प्रदूषण मापन उपकरण राखिएको छ । यी ठाउँमा राखिएको उपकरण पनि क्यालिबे्रसन गर्ने नाममा लामो समयसम्म बन्द हुने गरेका छन् ।

प्रदूषण जाँच गर्ने उपकरण बन्द गरी निकालेर तथ्यांक विश्लेषण गर्ने कामलाई क्यालिब्रिसेन भनिन्छ । क्यालिब्रेसन गर्दा ३–४ महिनासम्म लगाउने गरिएको र उपकरण उपयोगविहीन हुने गरेको अवस्था छ । अहिले भएका ठाउँमा अधिकांश उपकरण उपयोगविहीन भए पनि विभाग भने अन्तसमेत थप्दै जाने तयारीमा छ ।