३ कार्तिक २०८३, मंगलबार

मुलुक आर्थिक विकासको चरणमा : उपप्रधानमन्त्री पोखरेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मुलुक संघीय संरचना थालनीको चरणमा रहेकाले नयाँ–नयाँ समस्या सृजना हुनु स्वाभाविक भएको बताएका छन् ।

काठमाडौं स्कूल अफ लद्वारा मंगलबार राजधानीमा आयोजित ‘काठमाडौँ डाइलग’को उद्घाटन समारोहमा उनले सरकारले यस हप्ता मात्रै मुलुकी देवानी तथा फौजदारी संहितासहित पाँच वटा नयाँ ऐन कार्यान्वयनमा ल्याएकाले यसमा केही समस्या हुन सक्छ भने ।

उपप्रधानमन्त्री पोखरेलले संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता जस्ता महत्वपूर्ण पक्षलाई व्यवस्थित गर्न सरकार लागिपरेको उल्लेख गर्दै संघीयताको संस्थागत र संरचनागत विकास हुन थालेको बताए ।

उनले भने, ‘अब देशभरका स्थानीय निकाय सञ्चालनका लागि कुनै पनि कानूनी अड्चन छैन, क्रमशः निर्बाध रुपमा काम हुनेछ, अबको चरण आर्थिक विकासको चरण हुनेछ ।’ -रासस