
काठमाडौँ, ५ भदौ । काठमाडौँको पुतलीसडक चोकमा रहेको विद्युत पोलमा आगलागी भएको छ । अव्यवस्थित रुपमा टाँगिएको तारमा करेन्ट सर्ट भएर आगलागी भएको हो ।
आगलागीका कारण केहीबेर आसपासमा यातायात प्रभावित हुनुका साथै विद्युत आपूर्ती समेत बन्द भएको थियो । काठमाडौँ महानगरपालिकाको दमकलले आगो निभाएको थियो ।
काठमाडौँमा यत्रतत्र टाँगिएका अव्यवस्थित तारका कारण करेन्ट सर्ट भएर बेलाबेलामा आगलागीका घटना हुँदै आएका छन् । केही दिनअघि अनामनगरमा पनि यस्तै घटना भएको थियो ।
हेर्नुहोस् भिडियो
https://youtu.be/O76yftrVZo0












प्रतिक्रिया