३० आश्विन २०८३, शुक्रबार

अष्ट्रेलियाले मलाई सिकाएको स-साना कुराले दिने खुशी

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-कोमल वली

तीज आउन अझै केही साता बाँकी छ । तर, माहोल यस्तो बनिसकेको छ कि तीज मानौं हाम्रो आँगनमा नै आइसक्यो । केही दिनअघि म तीजकै कार्यक्रमका लागि अष्ट्रेलिया आइपुगेकी छु । शनिबार सिड्नीमा एउटा कार्यक्रममा पनि सहभागिता जनाएँ ।

म बारम्बार सिड्नी आउने भएपनि यसपटक केही नयाँ कुराहरुको अनुभव गर्न पाएँ, नयाँ विषयले मलाई समाते । र, मलाई प्रभावमा पारेका यी विषयहरु अधिकांशका लागि ससाना लाग्न सक्छन्, मसिना लाग्न सक्छन् । तर, खुशी दिने भनेको यस्तै विषयहरुले हो रहेछ । यस्तै कुराहरुले मानिसलाई खुशी बनाउने रहेछ । कोही पनि खुशी हुन ठूलो उपलब्धिहरु हुनै पर्छ भन्ने छैन । बरु विश्वमा भएका र हुने भनिएका ठूला परिवर्तनले त्यति खुशी मिल्दो रहेनछ जति अहिले हामीले भन्ने साना कुराहरुले दिन सक्छन् ।

बाटोमा एउटा सानो खाल्डोमा गाडी नगुडाउनु पर्दा ठूलो खुशी मिल्दो रहेछ । एउटा सानो खाल्डोले कति खुशी लुटेको हुँदो रहेछ भन्ने मलाई महसुस भयो । अनि मेरो सपनामा अर्को एउटा इँटा थपियो– काठमाडौंलाई मात्र होइन, नेपाललाई सुन्दर सडकहरुको देश बनाउने ।

यो लेखिरहँदा म सिड्नीको एउटा होटलमा छु । अहिले जे सोचिरहेको छु, ती यहाँको विकासको तुलानामा साना कुराहरु हुन् । हिजो साँझ म होटलबाट बाहिर निस्किएर केही पर पुग्दा आँखामा र मनमा काठमाडौंका बाटोहरु सम्झिएकी थिएँ । काठमाडौंमा गाडी चलाएर हिँड्दाको दुःख सम्झिएकी थिएँ ।

बाटोमा एउटा सानो खाल्डोमा गाडी नगुडाउनु पर्दा ठूलो खुशी मिल्दो रहेछ । एउटा सानो खाल्डोले कति खुशी लुटेको हुँदो रहेछ भन्ने मलाई महसुस भयो । अनि मेरो सपनामा अर्को एउटा इँटा थपियो-काठमाडौंलाई मात्र होइन, नेपाललाई सुन्दर सडकहरुको देश बनाउने । हो, मलाई थाहा छ यो केही दिनमा सम्पन्न हुने कुरा होइन, यसका लागि निकै लामो समय लाग्छ । समय त आखिर सबै कामका लागि लाग्छ । सबै कुराका लागि लाग्छ । तर, लामो समय लाग्ने कुनै पनि कामका लागि योजना बनाउन वा सपना बनाउन धेरै लामो समय लाग्दैन । लाग्नु पनि हुँदैन ।

पर्समा भएका अधिकांश डलर कार्डको एउटा चेपमा हुँदो रहेछ नेपाली नोट । जब नेपालको माया लाग्दो रहेछ, उनीहरु निकाल्दा रहेछन् त्यो नोट सुमसुम्याउँदा रहेछन् र राख्दा रहेछन् फेरि उस्तै जतन गरि कार्डहरुको बीचमा ।

अष्ट्रेलियामा यसपटकको यात्रामा मैले सिकेँ– ती योजनाहरु पूरा गर्न आफूले समय दिन चाहिँ छोड्नु हुन्न । कतिपय मानिसहरुले यस्ता योजना र सपनालाई विभिन्न उपमा दिएर उडाइरहेका हुन्छन्, कतिपयले यस्ता योजनालाई विनाआधार खारेज गर्न खोज्छन् । तर, समय र सपनाको महत्व त्यतिबेला मात्र महत्वपूर्ण लाग्छ, जब यी दुवै कुराले तपाईंलाई लखेटिरहेका हुन्छन् । नेपालबाट आएका विद्यार्थी युवाहरुले अहिले अष्ट्रेलियामा यो महत्व बुझेको मैले ख्याल गरेँ । उनीहरु अहिले पनि दैनिक दौडिरहेका छन्, दैनिक आफ्नो सपनालाई पूरा गर्ने मनासयमा लागिरहेका छन् ।

यो त एउटा क्लिसे भइसकेको छ, हामी सबैलाई थाहा छ– अष्ट्रेलिया आउने हाम्रा नानीबाबुहरुसँग समय छैन । कलेज, कलेजका असाइनमेन्ट तथा कामको चापका कारण उनीहरुसँग नेपालमा फोन गर्ने पनि समय हुँदैन । कतिपयले कयौं दिनसम्म मन खोलेर घरमा कुराकानी गर्न पाउँदैनन् ।

तर, यसपटक मैले देखेँ नेपाली नानीबाबुको पर्समा एउटा नेपाली नोट बाँकी नै रहेछ । पर्समा भएका अधिकांश डलर कार्डको एउटा चेपमा हुँदो रहेछ नेपाली नोट । जब नेपालको माया लाग्दो रहेछ, उनीहरु निकाल्दा रहेछन् त्यो नोट सुमसुम्याउँदा रहेछन् र राख्दा रहेछन् फेरि उस्तै जतन गरि कार्डहरुको बीचमा ।

मलाई निकै पहिलेदेखि चिनिरहनु भएको एक भाइले सोध्नुभयो– दिदी तपाईं किन राजनीतिमा लाग्नु भएको ? म मुस्कुराएँ मात्र । केही पनि जवाफ दिइनँ ।

अर्थतन्त्रअनुसार डलर चल्ने यो देशमा सामानहरु किनबेचमा नेपाली नोट चल्दैन । नेपाली नोट साट्नका लागि पर्याप्त ठाउँ पनि छैनन् । तर, नेपाली विद्यार्थी तथा अन्य नेपालीको पर्समा भएको नोट साट्नका लागि राखिएको होइन । यो त नेपालको असिमित माया दर्शाउन राखिएको हो । यसले देशप्रति जुन माया बोकेको छ, यसले देशप्रति जुन स्नेह बोकेको छ, सायदै अन्य कुराहरुले बोकेको होला । त्यसैले त उनीहरु नेपाली माटोको सुगन्ध थाहा पाउन पर्समा लामो समयदेखि थन्किएको नेपाली नोटलाई सुँघ्छन्, नेपाली नोटलाई हेरेर आँखामा सपनाहरुको बगैंचा बनाउँछन् ।

अष्ट्रेलिया आएको साँझ हुनुपर्छ, मलाई निकै पहिलेदेखि चिनिरहनु भएको एक भाइले सोध्नुभयो– दिदी तपाईं किन राजनीतिमा लाग्नु भएको ? म मुस्कुराएँ मात्र । केही पनि जवाफ दिइनँ । यसबारे मैले निकै धेरै बोलिसकेकी थिएँ, त्यसैले पनि यसबारे बोलिहाल्नु पर्ने कुरा खासै केही थिएन । त्यहाँको कुराको सन्दर्भ मैले मोडेँ, अन्य कुरातिर नै हामी लाग्यौँ ।

शनिबार साँझ जब म स्टेजमा उक्लिएँ, मैले ती भाइको उत्तर दिएँ । मैले भनेँ– म राजनीतिमा लाग्नुको उद्देश्य अहिले तपाईंहरुले यहाँ जस्तो वातावरणमा जीवन बिताइरहनु भएको छ, त्यस्तै वातावरण नेपालमा बनाउन सकूँ भन्ने हो । त्यसपछि त्यहाँ दर्शकदीर्घामा हुनुभएका अधिकांशले नेपालीले यसमा खुशी दर्शाउनुभयो । मैले त्यही स्टेजमा महसुस गरेँ– उहाँहरु अष्ट्रेलिया भएर के भयो, मनमा नेपाली माया छ, नेपालीपन छ । त्यसैले पनि हुनुपर्छ, अहिले अष्ट्रेलियामा सातैपिच्छे कार्यक्रम भइरहेका हुन्छन्, नेपाली कार्यक्रमहरु । त्यस्ता कार्यक्रममा नेपाली सहभागिता र माया तथा ममताको अनुपम उदाहरण पाइन्छ । त्यसैले पनि त्यस्ता कार्यक्रमहरुले नेपाली सद्भाव बढाइरहेका छन् । यसले सबैलाई खुशी बनाएको छ ।

खुशी बनाउन ठूला कुराहरुको आवश्यकता नपर्दो रहेछ । ससाना कुराहरुले नै मानिसलाई खुशी बनाउँदा रहेछन् । पर्समा भेटिने एउटा नेपाली नोटले होस् या केही समय स्मार्ट फोनबाट नेपालमा कुरा गर्दा किन नहोस्, अष्ट्रेलिया आउनुभएका सबैको अनुहारमा मीठो खुशी झल्किन्छ ।

त्यही त, खुशी बनाउन ठूला कुराहरुको आवश्यकता नपर्दो रहेछ । स-साना कुराहरुले नै मानिसलाई खुशी बनाउँदा रहेछन् । पर्समा भेटिने एउटा नेपाली नोटले होस् या केही समय स्मार्ट फोनबाट नेपालमा कुरा गर्दा किन नहोस्, अष्ट्रेलिया आउनुभएका सबैको अनुहारमा मीठो खुशी झल्किन्छ । त्यसले मलाई विश्वास दिलाएको छ– अहिले मैले योजना बनाउँदा पाएको ससानो खुशीले भोलिको सुन्दर दिनको संकेत गरेको छ । यो संकेतले पनि एउटा सुन्दर खुशीलाई साथमा राखिदिएको छ ।