२९ आश्विन २०८३, बिहिबार

यी महिलालाई किन घुमाइयो घण्टौंसम्म बजारमा नाङ्गै ?

6.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिहार, ५ भदौ । भारत बिहारमा महिलालाई एक समूहले निर्वस्त्र बनाएर घण्टौँसम्म बजार घुमाएको समाचार बाहिरिएको छ ।

बिहारको बिहिया शहरमा उग्र मानिसको भिडले महिलालाई नाङ्गै बनाएर धेरैबेर शहर घुमाएको जनाइएको छ ।

१९ वर्षका युवकको हत्यामा संलग्न भएको आरोपमा ती महिलालाई निर्वस्त्र शहर घुमाइएको हो । प्रहरीका अनुसार उग्र समूहले स्थानीय बासिन्दाका घर तथा गाडीमा आगो लगाएका थिए ।

महिलालाई घरबाट निकालेर कुटपिट गरी निर्वस्त्र बनाइ शहर घुमाएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले महिलालाई केही घण्टापछि उद्धार गरेको थियो ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको र महिलाको सुरक्षा गर्न नसकेकोमा बिहिया प्रहरी चौकीका प्रमुखसहित केही प्रहरीलाई निलम्बित गरिएको जिल्लाका प्रहरी प्रमुख अवकाश कुमारले बताएका छन् । एजेन्सी