
मलेसिया, ४ भदौ । एक नेपाली कामदार १० महिनादेखि मलेसियामा वेपत्ता भएका छन् । उदयपुर जिल्ला सुन्दरपुर–४ का प्रदिप कुमार चौधरी हराएका हुन् ।
प्रदिपसँगै कार्यरत प्रकाश चौधरीका अनुसार दुवै जना ड्युटी सकेर फर्किदा होटलमा पसेर मदिरा सेवन गरेर फर्केको भोलीपल्टैबाट उनी वेपत्ता भएका हुन् । चौधरी गएको पाँच वर्षदेखि त्यही कम्पनीमा कार्यरत थिए ।
मदिरा सेवनपछि बाटोमा फेरि बियर किनेर होस्टेल भित्र छिर्न खोज्दा त्यहाँ कार्यरत नेपाली र मलायु सेक्युरिटीसँग केही समय भनाभन भएको प्रकाशले बताएका छन् ।
भोलिपल्ट बिहानै आफूलाई फेसबुकको म्यासेन्जरमा भोइस म्यासेज गरेर ड्युटी गर्ने कम्पनीको ड्रेस र जुत्ता कन्स्ट्रक्सन साइडमा ल्याइ दिनु भनेको तर, आफू त्यहाँ जादा प्रदिप नभेटिएको प्रकाशले बताएका छन् ।
कम्पनीले पुलिस रिपोर्ट गरेको तथा खोजी कार्य भइरहेको जनाएको छ ।















प्रतिक्रिया