१ कार्तिक २०८३, आइतबार

एसियाडमा सहभागी हुने टेबुलटेनिस टोलीसँग प्रचण्डले के भने ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ। इन्डोनेसियाको राजधानी जाकर्तामा जारी १८ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुल टेनिस खेलाडीहरुको टोलीले सोमबार अध्यक्ष प्रचण्डसँग बिदाई भेट गरेको छ । टोलीसँग भेट गर्दै अध्यक्षले टेबुल टेनिस खेलबाट एसियाडमा देशको नाम राख्न शुभकामना दिए ।

आफूलाई पनि टेबुल टेनिस खेल औधी मनपर्ने बताउँदै उनले भने, ‘राम्रो खेल प्रदर्शन गर्नुहोस्, मेरो तर्फबाट जीतको शुभकामना छ ।’ सो अवसरमा अध्यक्षले टेबुल टेनिस खेल सबै उमेर समुहका लागि उपयुक्त खेल भएको बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा टिम मेनेजर सुदिल शाहीले अध्यक्ष प्रचण्डसँगको भेट पश्चात खेलाडीहरुमा थप उर्जा र हौसला बढेको बताए । अध्यक्ष प्रचण्ड आफू पनि राम्रो टेबुल टेनिस खेलाडी भएकाले सो प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई उनले राम्रो खेल प्रदर्शन गर्न प्रोत्साहन गरेको  मेनेजर शाहीले बताए ।

सो खेलमा अनिल घिमिरे र संजीव ढुंगेल प्रशिक्षमकद्वयका साथ खेलाडीहरु नविना श्रेष्ठ, स्वेच्छा नेम्वाङ, रविना महर्जन, स्यान्टु श्रेष्ठ, अमरलाल मल्ल, दीप सावन सहभागी हुनेछन् । दुई दिन अगाडि सुरु भएको एसियाडमा नेपालसहित ४५ राष्ट्रले भाग लिइरहेका छन् भने उनीहरुले ४ सय ६५ खेलहरुमा भाग लिइरहेका छन् ।