काठमाडौं, ४ भदौ । विशिष्ट पदाधिकारीहरूले सुविधाका नाममा ट्वाइलेटपेपरदेखि किचनमा प्रयोग हुने भाँडाकुँडा, पर्दा, टाबेललगायत सबै लिने गरेका छन् ।
विशिष्ट पदाधिकारीको निवासबाट जे माग्यो, त्यो दिनुपर्ने बाध्यता कार्यालयलाई रहेको भवन सम्भार डिभिजन कार्यालयका एक कर्मचारीले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘खानेकुराबाहेक सबै पठाउँदै आएका छौँ,’ उनले भने, ‘हामीले प्रधानमन्त्री, मन्त्री र उहाँहरूको परिवारलाई मात्र सेवा दिएर पुग्दैन, उहाँहरूका आफन्त, कार्यकर्ता, सुरक्षाकर्मीलाई पनि सुविधा दिनुपर्ने बाध्यता छ ।’
एकजना मन्त्रीको क्वार्टरमा २० देखि ३० जनासम्मलाई राज्यकोषबाट सुविधा दिनुपरिरहेको कार्यालयको गुनासो छ । ‘विशिष्ट पदाधिकारीहरूको घर चलाइदिनुपरेको छ, त्यो पनि हाइफाई सुविधासहितको,’ ती धकर्मचारी भन्छन् ।
कतिपय मन्त्री त आफूअनुकूल सामान खरिद गरेर भवन सम्भार कार्यालयमा बिल पेस गर्छन् । कसलाई के सुविधा दिने भन्ने निर्देशिका वा नियमावली नहुँदा आफूहरूलाई अप्ठ्यारो भएको उनले बताए ।














प्रतिक्रिया