
काठमाडौं, ३ भदौ । नेपाली पुरुष फुटबल टोली एसियन गेम्सको समूह चरणबाटै बाहिरिएको छ । अन्तिम खेलमा आइतबार पाकिस्तानसँग २-१ ले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
प्याट्रिओट चन्द्रभागा रंगशालामा आज भएको खेलमा नेपालले खेलको १२ औं मिनेट मै अग्रता लिएको थियो । पाकिस्तानका लागि युनुस सहबाजले आत्मघाती गोल गर्दा नेपालले अग्रता लिएको थियो ।
दोस्रो हाफमा पाकिस्तानले उत्कृष्ट प्रदर्शन गर्यो । खेलको ५४ औं मिनेटमा विलाल मोहम्मदले पाकिस्तानका लागि गोल फर्काए । र, खेल बराबरीमा आयो । तर, खेलको ७२ औं मिनेटमा पाकिस्तानका लागि हुसेन सद्दामले पेनाल्टीमार्फत गोल गर्दै पाकिस्तानलाई २-१ को अवस्थामा पुर्याए ।
इन्जुरी समयमा नेपालले कुनै पनि गोल गर्न नसक्दा नेपाल पाकिस्तानसँग पराजित भयो ।
यसअघि समूह चरणमा खेलिएका दुवै खेलमा नेपालले पराजय भोगेको थियो । पहिलो खेल जापानसँ १–० ले गुमाएको नेपालले भियतनामसँग २–० को हार बेहोर्नुपर्यो ।















प्रतिक्रिया