२१ कार्तिक २०८३, शनिबार

दुई वटा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


महोत्तरी, ३ भदौ । बर्दिबास नगरपालिका–३ कालापानीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

ना.३ ख ९९९९ नम्बरको बस र ज.११ प ५५४५ नम्बरको मोटरसाइकल आइतबार एकआपसमा ठोक्किदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने ३५ वर्षीय तेजबहादुर स्माईली मगरको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सिन्धुली कमलामाई नगरपालिका–११ बस्ने ३५ वर्षीय ईन्द्र आले मगरलाई थप उपचारको लागि काठमाडौं लगिएको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।