
काठमाडौं, ३ भदौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र सन नेपाल लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । आईतबार लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको हो ।
सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सन नेपाल लाईफ ईन्स्योरेन्सको पोलिसी बिक्री गरिने दुवै वित्तिय संस्थाले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सन नेपाल लाईफ ईन्स्योरेन्सका तर्फ वाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याललले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।















प्रतिक्रिया